कूलमान चार बर्षका लागि विद्युत प्राधिकरणका प्रमुख बन्ने संकेत

२५ भाद्र २०७७, बिहीबार
तस्वीर साभार

 विराटनगर । भदाै २५

मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित भएकाे छ । प्रमकाे सचिवालयले नेकपाकाे शुक्रबार बस्ने बैठकका लागि प्रधानमन्त्री अाेली व्यस्त भएकाे भन्दै सूचना जारी गरेकाे छ ।

तस्वीर- कान्तिपुर

यद्यपि मन्त्रिपरिषद्को बैठक बिहीबार साँझ बोलाइएको थियो । मन्त्रीहरूलाई बिहीबार साँझ बैठकमा उपस्थितका लागि भनिएकोमा बिहान १० बजेतिर मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी दिइएको थियो ।

अब बस्ने बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरिसकेका छन् ।

पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल भइरहेका बताएका थिए । उनका अनुसार सार्वजनिक रूपमा घिसिङलाई नै निरन्तरता दिइने भनिसके पनि कति समयका लागि भन्ने यकिन भएको छैन ।

पुन निकट स्राेतका अनुसार चार वर्षका लागि फेरि प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्ने कि २ वर्षका लागि भन्ने निर्णय भइसकेको छैन । तथापि ‘दुई वर्षका लागि फेरि जिम्मेवारी दिने कि चार वर्षका लागि भन्ने निर्णय हुन काँकी छ । । घिसिङलाइ फेरि जिम्मेवारी दिने भन्नेनै छलफल भइरहेको छ,’ मन्त्री निकट स्रोतले जानकारी दिएकाे छ ।

घिसिङकाे लाेकप्रियताले सरकारलाइ पुनर्नियुक्तिका लागि कर लागेकाे कतिपय नेताकाे भनाइ छ । कूलमानलाइ पुनः प्राधिकरणमा नल्याए सडक संघर्षसम्मका चेतावनीले सरकार केही झस्किएकाे बुझिएकाे छ । कति बर्षलाइ भन्ने यकीन बैठकले गर्दैछ ।

साथै मन्त्रिपरिषद्को शुक्रबार बस्ने बैठकले सरकारको प्रवक्ता कस्लाइ तोक्ने भन्ने निर्क्याैल गर्दैछ भने केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको छ ।