पसलमा आउन डराए ग्राहक, व्यापारीलाई गरी खानै आपत

२५ भाद्र २०७७, बिहीबार
Picture source :Getty Image

काठमाडौं उपत्यकामा लामो समयदेखि जारी लकडाउन र निषेधाज्ञाका बीच आजदेखि बजार र यातायात सञ्चालनमा आएका छन् ।
जिल्ला प्रशासन कार्यालयको निर्णयसँगै बजार खुलेपछि व्यवसायीले राहत महसुस गरेपनि व्यवसाय भने खुम्चिएको छ ।

स्वास्थ्य मापदण्ड पूरा गरी व्यवसाय चलाउन सकिने भनिए पनि त्रासका कारण ग्राहक संख्या कम हुँदा व्यापार बढ्न नसकेको हो ।
नजिकिँदै गरेको दसैँसम्म व्यवसायले गति लिने व्यवसायीहरुको अपेक्षा रहेको छ ।