भाेजपुरमा देवरले गरे भाउजुकाे निर्मम हत्या

२५ भाद्र २०७७, बिहीबार
सांकेतिक तस्वीर

विराटनगर । भदाै २५

सामान्य विवादमा भोजपुर जिल्लाको टेम्केमैयुम गाउँपालिका  एक युवकले आफ्नी भाउजुको निर्मम हत्या गरेका छन् ।

टेम्केमैयुङ ५ का ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईको हत्या गरेका हुन् ।

गत २२ गते राति भएकाे विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेका थिए । कुटपिटबाट बच्न भाग्ने क्रममा लडेर ज्यान गएको प्रहरीले जनाएको छ । केशरमायाँको शव भाेलिपल्ट २३ गते बिहान खोरमा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिएका छन् ।

आरोपी राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । विवाद के कारण भएकाे थियाे भन्ने खुलेकाे छैन ।  शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।