सुनसरी जिल्लामा बिहीबार ४२ जना संक्रमित थपिए

२५ भाद्र २०७७, बिहीबार

सुनसरीमा बिहीबार थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीमा १२ महिला र ११ पुरुष, धरानमा ६ महिला र ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, बर्जुमा १ पुरुष, दुहबीमा १ महिला र ३ पुरुष गरी जम्मा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १४३ पुगेको छ भने ४ सय ८७ जना कोरोना मुक्त भइसकेका छन्।

सुनसरीमा अहिलेसम्म कोरोनाको कारण ६ जनाको मृत्यु भइसकेको छ ।