असाेज १५ देखि आन्तरिक उडान सुरु गरिने

२५ भाद्र २०७७, बिहीबार
विराटनगर । भदाै २५
नेपाल सरकारले असोज १५ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असोज १५ देखि आन्तरिक उडान खुला गर्ने प्रस्ताव सिसिएमसीमा पठाएको बताएका छन् । 
आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले गरेको कार्यक्रममा भट्टराईले असोज १५ गतेदेखि आन्तरिक उडान सुरु गर्ने बारे तयारी भइरहेकाे जानकारी दिएका हुन्।

‘आन्तरिक उडान थाल्न सिसिएमसीमा प्रस्ताव पठाइएको जिकिर गर्दै भट्टराईले भने – ‘आज हामीले १ असोजबाट आन्तरिक उडान खुलाउने प्रस्ताव गरेका छौं। सम्भवतः १ असोजमा भएन भने १५ असोजबाट खुल्नेछ ।’

गत चैतमा घोषणाहुनुभन्दा केही समयअघि बन्द गरिएको आन्तरिक उडान अझसम्म पनि सुरु भएकाे छैन । अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि संचालनमा आइसकेकाे छ ।