विराटनगरमा ६ सहित प्रदेश १ मा ८६ जना संक्रमति थप

२५ भाद्र २०७७, बिहीबार

विराटनगर । भदाै २५

गत २४ घण्टामा प्रदेश  १ मा कूल ८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थपिएकामा सुनसरीका २३, संखुवासभाका २२, मोरङका १६, झापाका १२, पाँचथरका ४, भोजपुरका ३ , उदयपुर, इलाम तथा प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ज्म्मा २ महिला ४ पुरुष छन् । उता रतुवामाईमा ३ महिला २ पुरुष, पथरीशनिश्चरेमा १ महिला १ पुरुष, कटहरी र सुनबर्षीमा १–१ पुरुष र रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले बताएकाे छ ।

सुनसरी जिल्लाकाे इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, धरान र बर्जुमा १–१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। अन्य जिल्लाका तुलनामा सुनसरीमा बढी संक्रमित देखिएका छन् ।

संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष, चिलिलामा १ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी झापाको शिवसताक्षीमा २ महिला ५ पुरुष, कमल गाउँपालिका र बाह्रदशीमा १–१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण पुष्टि भएकाे छ ।

पाँचथर फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिला, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

बिहीबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या कूल ४ हजार ४९८ पुगेको छ भने विहीबार ५ जना मात्रै डिस्चार्ज भएका छन् ।  उपचाररतकाे संख्या १ हजार ९५३ पुगेको छ। प्रदेश १ मा विहीबार १ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण भएकाे छ।

परीक्षणमध्ये जम्मा २३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हाे । अहिलेसम्म १ लाख ४ हजार ८४४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।