काठमाडौं जाँदै हुनुहुन्छ? १४ दिन क्वारेन्टीनमा बस्नुपर्ला

२५ भाद्र २०७७, बिहीबार
प्रतीनिधिमुलक तस्विर

विराटनगर। भदौ २५

काठमाण्डौं उपत्यका प्रवेश गर्दै हुनुहुन्छ भने सरकारले बनाएको नयाँ नियम अनुसार १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने हुन्छ।

महामारीका कारण देशभरका स्थानीय तहहरूले आआफ्नै सुरक्षा मापदण्ड तोक्दै आएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कोही पनि व्यक्ति आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने बताएका छन्।

बिहीबार भएको पत्रकार सम्मेलनमा गौतमले यस्तो बताएका हुन्। लकडाउनको विकल्प खोजिरहेका जनतालाई सरकारले मोडालिटी परिवर्तन गरेर खुकुलो बनाउन खोजेको बताएपनि अत्यावश्यक कामका लागि काठमाडौं आवतजावतमा कठिनाइ हुने गरी यस्तो प्रावधान ल्याएको हो।