हाम्राे विराटनगर – टप टेन टुडे समाचार श्रृंखला

२५ भाद्र २०७७, बिहीबार

हाम्राे विराटनगर - टप टेन टुडे श्रृंखलामा आज २०७७-०५-२५ गतेका मुख्य समाचारहरू यस प्रकारका छन्। तपाईंले आज दिन भरीका प्रमुख खबरहरू संक्षिप्तमा पढ्न सक्नुहुनेछ ।

१. विराटनगरमा ६ सहित प्रदेश १ मा ८६ जना संक्रमति थप

गत २४ घण्टामा प्रदेश  १ मा कूल ८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थपिएकामा सुनसरीका २३, संखुवासभाका २२, मोरङका १६, झापाका १२, पाँचथरका ४, भोजपुरका ३ , उदयपुर, इलाम तथा प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पूरा समाचार -https://hamrobiratnagar.com/2020/09/10/3573/

२. सेवा सुरु गरेको चार दिनमै मालपोत कार्यालय मालामाल

सरकारले जग्गाको कित्ताकाट खुला गरेपछि मोरङको विराटनगरस्थित मालपोत कार्यालयमा सेवाग्राही आउने क्रम बढेको छ । सेवा सुरु गरेको पहिलो दिन कार्यालयबाट आइतबार ४४,सोमबार ३९, मंगलबार एक सय दुई तथा बुधबार एक सय ५० भन्दा बढी लिखत पास भएका छन् । पूरा समाचार- https://hamrobiratnagar.com/2020/09/10/3515/

३. सरकारले अनलाइन कक्षाको शुल्क लिने बाटो खुलायाे

सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खुलाएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ । पूरा समाचार - https://hamrobiratnagar.com/2020/09/10/3536/

४. असाेज १५ देखि आन्तरिक उडान सुरु गरिने

 

५. जबरजस्ती करणीकाे अभियोगमा हाेटल सञ्चालक सहित ४ पक्राउ

कैलाली जिल्लामा करणी गरेकाे अभियोगमा एक होटल संचालकसहित ४ जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेहरूमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका-९ का होटल संचालक वर्ष २० को सन्जु पाल रहेका छन् । साथै करणी गर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका-१ बस्ने बर्ष २० को हेमन्त दियाल, नवदुर्गा गाउपालिका-२ बस्ने बर्ष २४ को दिपक भट्ट  तथा अजयमेरु गाउँपालिका-१ बस्ने २१ को टंक धामीलाई पक्राउ गरेको हो । पूरा समाचार - https://hamrobiratnagar.com/2020/09/10/3541/

६. कोरोनाबाट आक्रान्त बन्दै भारत, संक्रमणको दर भयावह

कोरोना  संक्रमण  आक्रामक  रुपमा  बढेको  छ ।
हिजो  बुधबार  एकै  दिन  हालसम्मकै  सबैभन्दा  बढी  ९७ हजार  तीन सय  ९९  जना  कोरोना  संक्रमण  पुष्टि  भएको टाइम्स  अफ  इन्डियाले  जनाएको  छ । पूरा समाचार - https://hamrobiratnagar.com/2020/09/10/3523/

७. कारागारमा फैलियो कोरोना संक्रमण

सिरहा  जिल्ला  कारागारका  ५९  जना  पुरुष  कैदी  बन्दीहरुमा  कोरोना  संक्रमण  देखिएको  छ। कारागारको  क्षमता  एक  सय  ५० जना मात्र भएपनि  हाल  १८  महिला  र  दुई  बालबालिकासहित  पाँच सय  ९६  जना  कारागारमा  रहेका  छन् । पूरा समाचार- https://hamrobiratnagar.com/2020/09/10/3533/-

८. लक्षण सहितका कोरोना सङ्क्रमितको संख्या बढ्दै

कोरोना  भाइरस (कोभिड-१९)  को  संक्रमण  बढ्दै  गइरहेका बेला  अस्पतालमा  उपचाररत  अधिकांश  बिरामीमा  विभिन्न लक्षण  देखिन  थालेको  छ ।
कोशी  अस्पतालको  कोभिड १९  उपचार  केन्द्रका  प्रमुख डा. दीपक  सिग्देलले  केन्द्रमा  उपचाररत  ५६  जनामध्ये ७० प्रतिशत  बिरामीमा  लक्षण  देखिएको  बताएका  छन् । पूरा समाचार- https://hamrobiratnagar.com/2020/09/10/3538/

९. नेपालमा दैनिक १७ जनाले किन आत्महत्या गर्छन् ?

नेपालमा २०७६ असार मासान्तदेखि २०७७ असारसम्म कूल ६ हजार २४१ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीको यो तथ्यांकमा १७ जना भन्दा बढीले दैनिक आत्महत्या गरेको बुझिन्छ । २०७५ सम्म नेपालभर आर्थिक वर्षमा दैनिक १५ जना थिए । प्रहरीले बनाएकाे विवरणमा आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेका थिए । पूरा समाचार- https://hamrobiratnagar.com/2020/09/10/3589/

१०. काठमाडौं जाँदै हुनुहुन्छ? १४ दिन क्वारेन्टीनमा बस्नुपर्ला

काठमाण्डौं उपत्यका प्रवेश गर्दै हुनुहुन्छ भने सरकारले बनाएको नयाँ नियम अनुसार १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने हुन्छ। महामारीका कारण देशभरका स्थानीय तहहरूले आआफ्नै सुरक्षा मापदण्ड तोक्दै आएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कोही पनि व्यक्ति आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने बताएका छन्। पूरा समाचार- https://hamrobiratnagar.com/2020/09/10/3578/

। शुभ रात्रि।