नेकपाको स्थायी कमिटी बैठक बस्दै

२६ भाद्र २०७७, शुक्रबार
प्रतीनिधीमुल्क :तस्विर

विराटनगर,  भदौ २६ ।

आज (शुक्रबार) बिहान ११ बजे सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भएको छ । साउन १३ यता बैठक बस्न सकेको थिएन । लामै सयमदेखि पार्टीभित्रको आन्तरिक लफडाले स्थागित हुँदै आएको बैठक आज बस्न लागेको हो  ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले विवाद समाधानका लागि प्रतिवेदन बुझाएको र प्रतिवेदनका आधारमा निकास खोज्ने प्रयास अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।पछिल्लो सहमति अनुसार ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने एक खालको सहमति पार्टीभित्र बनेको छ ।