भारत र चीनका विदेशमन्त्रीबीच सीमामा तनाव कम गर्ने सहमति

२६ भाद्र २०७७, शुक्रबार
प्रतीनिधीमुल्क तस्विर

रुसमा आयोजित साङ्घाई को-अपरेसन अर्गनाइजेसन समिटका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच हिजो बिहीबार साइडलाइन वार्ता भएको छ ।

भेटवार्तामा दुवै देशबीच आपसी सीमा विवाद कम गर्ने सहमति भएको छ ।भेटपछि जारी गरिएको संयुक्त वक्तव्यमा सीमासम्बन्धी सहमति पालना गर्दै सीमामा शान्ति कायम गर्न र विवादलाई बढावा नदिने कुरामा आपसी सहमति भएको जनाइएको छ ।

सीमा विवादका कारण तीन हजार चार सय ८८ किलोमिटर भारत-चीन सीमा क्षेत्र,लाइन अफ एक्चुअल कन्ट्रोलमा दुवै देशबीच सैन्य संघर्ष चल्दै आएको छ ।
केही दिनअघि सो क्षेत्रमा सन् १९७५ यता पहिलो पटक गोलीसमेत चलेको थियो ।
सीमा विवादकै कारण भारतले चिनियाँ लगानीका क्षेत्रसमेत घटाउन थालेको छ ।
यसै नीति अनुसार भारतले पटक पटक गरी सयौं चिनियाँ सफ्टवेयर एपमा प्रतिबन्ध लगाएको छ ।।।