कोरोना सङ्क्रमितको प्लाज्मा संकलन गरी बैंकमा राख्न सुरु

२६ भाद्र २०७७, शुक्रबार

विराटनगर, २६ भदौ

चितवनको भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा संक्रमणमुक्त कोरोना सङ्क्रमितको प्लाज्मा संकलन सुरु भएको छ ।

हालसम्म चार जना पूर्वसंक्रमितको प्लाज्मा संकलन गरिएकोमा दुई युनिट प्लाज्मा बिरामीको उपचारमा प्रयोग गरिएको केन्द्र प्रमुख रमेशकान्त पौडेलले बताए ।

उनका अनुसार संक्रमणमुक्त भएको १४ दिनदेखि ४५ दिनसम्म प्लाज्मा संकलन गरी संक्रमितको उपचार गर्न सकिन्छ । संक्रमणमुक्त व्यक्तिको प्लाज्मामा पाइने भाइरस विरुद्धको एन्टिबडीले रोगसँग लड्न सहयोग गर्ने भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।
प्लाज्मा बैंकले संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।