कोसी अस्पतालले भर्ना नलिएपछि गर्भवती महिलाको मृत्यु

२६ भाद्र २०७७, शुक्रबार

विराटनगर, २६ भदौ

मोरङको विराटनगरस्थित कोसी अस्पतालले भर्ना लिन नमान्दा एक गर्भवति महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका-६ मा डेरा गरी बस्ने ३० वर्षीया विमला ऋषिदेव रहेकी छन् ।प्रसुति गराउन बिहान १ बजे कोशी अस्पताल पुर्‍याइएकोमा बेड नभएको भन्दै भर्ना नलिएपछि घर फिर्ता लगिएकी महिलाको बिहान चार बजे मृत्यु भएको स्थानीय विवेक मुखियाले बताए ।

Koshi online

गरिब परिवारकी महिलाको मृत्युपछि रकम अभावमा शव व्यवस्थापनमा समस्या भएपछि नेपाली कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक एवम् प्रदेश सांसद केदार कार्कीले आर्थिक सहयोग उपलब्ध गराई दाहसंस्कारको व्यवस्था मिलाएका थिए ।
दुई पटक शल्यक्रिया गरिसकेकोले तेस्रो पटक गर्न नसकिने भन्दै अस्पतालले फिर्ता पठाएपछि महिलाको मृत्यु भएको सांसद कार्कीले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने अस्पतालले प्रसुति सेवाका लागि आउने महिलालाई अस्पतालले फिर्ता नपठाउने गरेको दाबी गरे ।