५ रेक्टर स्केलको भूकम्प : झापा

२६ भाद्र २०७७, शुक्रबार

२६ भदौ, शुक्रबार ।

झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको हो ।यसअघि भदौ २४ गते धादिङ र भदौ १९ गते संखुवासभालाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।