कित्ताकाट नखुलाएको भन्दै घरजग्गा व्यवसायीद्वारा मालपोतमा धर्ना

२६ भाद्र २०७७, शुक्रबार

विराटनगर, भदौ २६

मोरङको विराटनगरस्थित जिल्ला मालपोत कार्यालयमा आज शुक्रबार घरजग्गा व्यवसायीहरुले धर्ना दिएका छन् ।

गत भदौ १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय मालपोत कार्यालयले कार्यान्वयन नगरेको भन्दै घरजग्गा व्यवसायी संघ मोरङले कार्यालयमा धर्ना दिँदै बिहान ११ बजेदेखि एक घण्टा कामकाज ठप्प पारेका हुन् ।

आइतबारदेखि कित्ताकाट फुकुवा नगरे थप कडा प्रदर्शन गर्ने संघका अध्यक्ष घनश्याम पोख्रेलले बताए ।

मन्त्रालयले गरेको कित्ताकाट फुकुवाको निर्णय स्पष्ट नभएको भन्दै मालपोत कार्यालयले कार्यान्वयन नगरेको हो ।।।