धरानमा शुक्रबार थप २१ जनामा कोरोना संक्रमण

२६ भाद्र २०७७, शुक्रबार

विराटनगर । भदाै २६

सुनसरीकाे धरानमा थप २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

धरान उपमनपाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आज कोरोना संक्रमित हुनेहरूमा इलाका प्रहरी कार्यालय धरानका ३२, २५, २३ र २० वर्षीय ४ जना पुरुष प्रहरी छन् । त्यस्तै इलाका प्रहरी कार्यालय धरानका थुनुवाहरू २९, २४, २४, ४६ र ३५ वर्षीय ५ जना पुरुष, धरान ७ को बिफ ट्रेनिङ सेन्टरमा लाहुरे ट्रेनिङ गर्दै गरेका १९, २०, २० र २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएकाे बताइएकाे छ ।

धरानकै खैरेनीटारका ३० वर्षीय पुरुष, धरान १५ का ४३ वर्षीय पुरुष, धरान ११ का ४४ वर्षीय महिला, धरान ६ का २७ वर्षीय महिला, धरान १३ का ४३ वर्षीय पुरुष तथा धरान १९ को भिक्टोरिया चौकमा डेरा गरी बस्ने एकै परिवारका २९ वर्षीय श्रीमान् र २४ वर्षीया श्रीमतीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमितहरूको भदौ २३ गते एन्फा क्वारेनटाइनमा कनट्र्याक्ट ट्रेसिङका अाधारमा तथा विदेश जानेहरूबाट स्वाब लिइएको थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक महिला कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।