विराटनगर सहित देशभर ३ दिन भारी बर्षा हुने

२६ भाद्र २०७७, शुक्रबार

विराटनगर । भदाै २६

आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताएकी छिन् ।

प्रदेश १ का विराटनगर लगायत अन्य जिल्लामा तथा प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेकाे मौसमविद् पोखरेलले जानकारी दिइन् ।

वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुनेद तथा देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज विराटनगरको न्यूनतम तापक्रम २५ दशमलव ५ र अधिकतम तापक्रम ३४ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।