विराटनगरमा ३२ सहित प्रदेश १ मा १२१ संक्रमित थपिए

२६ भाद्र २०७७, शुक्रबार

प्रदेश १ मा गएको २४ घण्टामा १२१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।प्रदेश १ मा ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा गरेर १२१ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै विराटनगरमा १२ महिला र २० पुरुष गरेर शुक्रबार ३२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयका अनुसार धनपालथानमा १ महिला र ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष, सुनवर्षीमा १ पुरुष, बुढीगंगामा १ महिला, सुनसरीको धरानमा ३ महिला र २० पुरुष, दुहवीमा ७ महिला र १ पुरुष, इटहरीमा १ महिला र ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

झापाको दमकमा ६ महिला र ३ पुरुष, मेचीनगरमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, कन्काईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला र १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप एक जना संक्रमितको मृत्यु भएको छ । विराटनगर १९ की ४४ वर्षीय महिलाको मृत्यु भएसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

त्यस्तै प्रदेश १ बाट आज ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६ जना, मेची अस्पताल झापाबाट १० जना र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ९ सय ३० जनाको पीसीआर परीक्षण भएको छ । प्रदेशमा अहिलेसम्म १ लाख ५ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको छ ।