नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण

२६ भाद्र २०७७, शुक्रबार

विराटनगर । भदाै २६

गत २४ घन्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५१ हजार ९१९ जना पुगेको छ।

गत घन्टामै थप ९७२ जना कोरोना संक्रमणमुक्त पनि भएका छन्। योसँगै नेपालमा हालसम्म ३६ हजार ६७२ उपचारपछि निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ भने ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् । कूल ६ हजार ६३४ होम आइसोलेसनमा छन्।

१० हजार ७ सय जनाको शुक्रबार पिसिआर परीक्षण भएको छ। ६ हजार ७८ जना क्वारेन्टीनमा छन् ।