स्थायी कमिटीको बैठकपछि ओली शक्तिशाली बन्दै, एमसिसी पारित गर्ने निर्णय

२६ भाद्र २०७७, शुक्रबार

विराटनगर। भदौ २६

सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक करीब अढाई महिना लगाएर शुक्रबार सकिएको छ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गर्दै सकिएको हो। पाँचबर्षसम्म प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली नै बन्ने तथा कार्यकारी अध्यक्ष प्रचण्ड बन्ने भन्ने बिषय प्रतिवेदनमा छ। जसले अाेलीलाइ झन् शक्तिशाली बनाउनेमा केही नेताहरूकाे बुझाइ छ ।

गत माघतिरै आगामी फागुनमा महाधिवेशन गर्ने भनिएको थियो तर बैठकमा महाधिवेशनको मिति सर्ने या नसर्ने भन्ने निर्णय भएको छैन। नेता माधव नेपालले प्रस्तुत गरेको प्रतिवेदन भने बैठकले पारित नगरेको भन्दै नेपाल लगायत उनका समर्थक नेताहरूले विरोध जनाएका छन्।

त्यसैगरी बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीलाई पनि अनुमोदन गर्ने निर्णय गरेको छ । एमसिसी परियोजनाका केही बुँदालाई परिमार्जन गर्दै पारित गर्नुपर्नेमा सबै नेताले जोड दिएका थिए। आवश्यक परिमार्जन गरी पारित गर्नेमा सबै ऐक्यबद्ध भएका छन्।