घरबेटीको कुटाइले गयो ज्यान

२६ भाद्र २०७७, शुक्रबार
प्रतिनिधिमूलक तस्वीर

कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक डेरावालको ज्यान गएको छ ।कीर्तिपुर नगरपालिका–७ का घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा उनको घरमा डेरा गरि बस्ने ४० वर्षीय शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रबार बिहान सामान्य विवादमा महर्जनले चौधरीमाथि कुटपिट गरेका थिए ।कुटपिटबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालेको जनाएको छ ।