संक्रमणले आहत नागरिकलाई महानगरपालिकाको अमूल्य राहत

२७ भाद्र २०७७, शनिबार

विराटनगर । भदौ २७

मोरङको विराटनगरस्थित कोसी अस्पताललाई विराटनगर महानगरपालिकाले आरएनए एक्स्ट्र्याक्सन मेसिन प्रदान गरेको छ।

विराटनगरका व्यवसायीहरुले चन्दा संकलन गरी खरिद गरेको सो मेसिन हिजो शुक्रबार महानगरपालिकाले अस्पताललाई प्रदान गरेको हो ।

मेयर भीम पराजुली र अस्पताल सञ्चालक समितिका अध्यक्ष महेश भट्टराईबीच मेसिन सञ्चालनको सम्झौतासमेत भएको छ ।

अमेरिकी कम्पनी हाइमिडियाद्वारा निर्मित सो मेसिनबाट चौबीस घण्टामा एक हजार पाँच सय नमुना परीक्षण गर्न सकिन्छ । मेसिनको मूल्य भ्याटसहित ३२ लाख रुपैयाँ रहेको बताइएको छ ।।।

पुरा विवरण को लागि यता किलिक गर्नु होस्