अपांगता भएका व्यक्तिको हितमा कार्यक्रम ल्याउँदै विराटनगर सरकार

२७ भाद्र २०७७, शनिबार
फाइल तस्वीर

विराटनगर, भदौ २७

 

मोरङको विराटनगर महानगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर सुधारको कार्यक्रम लागू हुने भएको छ ।

महानगरपालिकाले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र गैर सरकारी संस्था करूणा फाउन्डेसन नेपालसँग समन्वय गरी कार्यक्रम ल्याउन लागेको हो ।

महानगरपालिकाका र फाउन्डेसनबीच हिजो शुक्रबार यसबारे सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोख्रेल र फाउन्डेसन प्रतिनिधि योगेन्द्र गिरीको हस्ताक्षर रहेको छ ।

वि. स. २०७९ सालसम्म चल्ने यो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने महानगरपालिकाको अपेक्षा रहेको छ ।

कार्यक्रमको संरक्षक मेयर पराजुली र अध्यक्ष उपमेयर इन्दीरा कार्की रहेका छन् ।।।