व्यावसायको लागि अनलाइन मार्केटिङको महत्व तथा आवस्यकता

निमेश अधिकारी

२७ भाद्र २०७७, शनिबार

हाल प्रविधीको विकास र महत्व अत्यधिक रुपमा वृद्धि भएको छ । सायदै कुनै चिजको यति द्रुत गतिमा विकास र प्रयोग भएको छ। मानिसले सामानहरु मोबाइल र ईन्टरनेटकै भरमा देख्न र बुझ्न चाहान्छन । यसै संगको विकासले गर्दा  व्यापार र व्यवसाय पनि आधुनिक तथा डिजिटल बन्दै गैरहेका छन ।

पहिलाको समयमा कुनै सामान बेच्न वा ग्राहाक समक्ष पुग्न व्यवसायीलाई निकै झन्झटिलो र गार्हो थियो भने हाल ईन्टरनेटको माध्यम वाट हरेकको मोबाइल तथा कम्प्युटरमा व्यवसायको बिज्ञापन र सामानको बिक्री गर्न सम्भब भएक छ । कम खर्चिलो र सामान अनुसारको ग्राहक खोज्न हाल निकै सजिलो भएको छ ।

सामाजिक संजाल तथा अन्य एप्सको मानिसहरुमा बढेको रुचि अनि धेरै काम फोन वा कम्प्युटर वाटै हल हुने भएकोले व्यवसायहरुलाई  ग्राहक खोज्न सहज भएको छ ।

यस्ता छन डिजिटल मार्केटिङका फाइदा ।

१. आवश्यक र रुचि गरिएका ठाउँ र मानिसमा पुग्न सकिने : डिजिटल मार्केटिङ गर्दा आफ्ना आवस्यक र पुग्न पर्ने मानिसमा मात्र आफ्नो बिज्ञापन पुग्ने भएकाले यसले तपाइको बिज्ञापनको सहि सदुपयोग त हुन्छनै, त्यस वाहेक तपाइको सामानको असली हकदार उपर आकर्षण हुने भएकाले यसले तपाइको व्यवसायमा पनि राम्रो प्रभाव र बढोतरी हुन जादछ।

२. ग्राहकको प्रतिक्रिया तुरुन्त प्राप्त गर्न सकिने : रेडियो , टेलिभिजन तथा पत्र पत्रीकामा बिज्ञापन गर्दा ग्राहकको प्रतिक्रिया तुरुन्त पाउन असम्भव छ, जसले तपाईंको सरसामान हरु प्रती ग्राहकको रुचि छ वा छैन । आफुलाइ अझ कसरी राम्रो र विस्तार गर्न सकिन्छ त्यस प्रती पनि डिजिटल मार्केटिङ निकै लाभदायक मानिन्छ । ग्राहकको तुरुन्त आउने प्रतिक्रिया र सुझावले आफ्नो व्यसायको सकारात्मक तथा नकारात्मक पाटो थाहा पाई तुरुन्त त्यसमा काम गरि व्यसायलाइ अझ मजबुत बनाउन सक्ने सम्भावना प्रवल रहन्छ।

३. मानिसको विस्वास जित्न सहज : टेलिभिजन  र पत्र पत्रीकामा भन्दा ईन्टरनेट मार्फत ग्राहक सङ गफ गर्न वा प्रतिक्रिया लिन सजिलो हुने भएकाले ग्राहकलाई पनि आफ्नो विचार सम्बन्धित समक्ष पुगेको खुसी र व्यसायलाइ पनि सिधै प्रतिक्रिया पाउदा हौसला र नयाँ कुरा गर्ने उपाय हुने भएकाले डिजिटल मार्केटिङ यश अर्थमा पनि प्रभावकारी हुन सक्छ।

समय संगै सबै परिवर्तन भैरहदा व्यवसायमा टिक्न र प्रगती गर्न डिजिटल बिज्ञापन र मार्केटिङको सुत्र नअपनाए अरु भन्दा पछि पर्ने निश्चित छ ।

हाम्रो विराटनगर मिडियाले केही समय देखि हजुरको माझ ताजा समाचार सहित अनलाइन व्यवसायको बिज्ञापन र ब्रान्डिङमा समेत काम गरिरहेको हुँदा आफ्नो व्यवसायलाइ डिजिटल रुप दिन चाहानुहुन्छ भने हामिलाइ सम्पर्क गर्न सक्नुहुन्छ ।

सम्पर्क: ९८१७३१७५५५

इमेल: [email protected]