काेराेना संक्रमणका कारण विराटनगरमा थप एककाे निधन

२७ भाद्र २०७७, शनिबार

विराटनगर । भदौ २७

मोरङको विराटनगरमा कोरोनाका कारण विराटनगरमा शनिबार थप एकजनाको मृत्यु भएको छ ।

विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई गत २२ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचाररत वृद्ध पुरुषमा सुगर तथा प्रेसरको समस्या थियो।

शनिबार दिउँसो करी १२:३० बजे उनको मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङ प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।