विराटनगरमा ४६ सहित प्रदेश १ मा ७७ जनामा संक्रमण पुष्टि

२७ भाद्र २०७७, शनिबार

विराटनगर । भदाै २७

प्रदेश १ मा गत २४ घण्टामा जम्मा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

समाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा पुरुष २१ तथा महिला २५ गरी कूल ४६ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै बूढीगङ्गा न.पा. मा पुरुष र महिला  ५/५ जना छन्।  ग्रामथान न.पा. मा एक पुरुष छन् भने कटहरी मा ४ जना पुरुषहरू छन्। त्यस्तै सुन्दरहरैंचा न.पा. मा एक महिलामा संक्रमण पुष्टि भएको छ।

सुनसरीको इटहरीमा २ महिला ६ पुरुष, इनरुवामा २ पुरुष, धरानमा २ पुरुष तथा रामधुनीमा १ पुरुष संक्रमित भएका छन्। उदयपुरको बेलकामा १ जना पुरुषमा संक्रमण देखिएको छ।

शनिबार झापा लगायत केही जिल्लामा संक्रमण शून्य छन्।

शनिबार गरिएको कूल परीक्षण १२ सय १२ मध्ये जम्मा ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। योसँगै प्रदेशमा अहिलेसम्म ४ हजार ६ सय ९६ जना संक्रमित पुगिसकेका छन्। शनिबार माेरङमा २ जना र सुनसरीमा १ गरी तीन जनाकाे निधन भएकाे छ ।