
हालसम्म प्रदेशमा १ लाख छ हजार ९ सय ८६ जनाको कोरोना परिक्षण गरिएको छ । हालसम्म निको भएका कूल २०५६ जना छन् भने ४७ जनाको निधन भैसकेको छ।
शनिबार प्रदेशका विभिन्न आइसोलेसन केन्द्रबाट जम्मा ३६ जना डिस्चार्ज भएका छन् भने मोरङकाे काेशी अस्पतालमा १/१ महिला तथा पुरुष एवं र सुनसरीमा धरानमा एक पुरुष गरी जम्मा ३ जनाकाे निधन भएको छ।
शनिबार कूल ११ महिला २५ पुरुष गरी ३६ जनाले स्वास्थ्य लाभ गरेका छन्। जसमा काली सदन विराटनगर आइसोलेसनबाट ७ महिला १३ पुरुष, मालवाडी सेवा सदनबाट ३ महिला १ पुरुष तथा कोभिड आइसोलेसन रङ्गेलीबाट ३ पुरुष, बैजनाथपुर आइसोलेसनबाट १ महिला ८ पुरुष छन्।
हाल सक्रिय संक्रमित २ हजार ५ सय ९३ छ भने २ हजार ५६ निकाे भइसकेका छन्।