फेसबुकमा हालेको फोटोको निहुँमा झडप

२७ भाद्र २०७७, शनिबार
Pic: Online Khabar

विराटनगर, भाद्र २७ । फेसबुकमा फोटो हालेको निहुँमा शनिबार जनकपुरधाम वडा नम्बर २० रुपैठामा दुई पक्षबीच भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ ।

झडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो । दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताएका छन् ।

मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद भएको थियो ।

अहिले अबस्था सामान्य भएको र विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको मिश्रले जानकारी दिए । ‘दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर छलफल गराइरहेका छौं’ उनले भने ।