हाम्राे विराटनगर – टप टेन टुडे समाचार श्रृंखला । भदाै २७ गते

२७ भाद्र २०७७, शनिबार

हाम्राे विराटनगर – टप टेन टुडे श्रृंखलामा आज २०७७-०५-२७ गतेका मुख्य समाचारहरू यस प्रकारका छन्। तपाईंले आज दिन भरीका प्रमुख खबरहरू संक्षिप्तमा पढ्न सक्नुहुनेछ । गत दिवसकाे समाचार हेर्न यहाँ थिच्नुहाेस् ।

१. विराटनगरमा ४६ सहित प्रदेश १ मा ७७ जनामा संक्रमण पुष्टि

प्रदेश १ मा गत २४ घण्टामा जम्मा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। समाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा पुरुष २१ तथा महिला २५ गरी कूल ४६ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै बूढीगङ्गा न.पा. मा पुरुष र महिला  ५/५ जना छन्।  ग्रामथान न.पा. मा एक पुरुष छन् भने कटहरी मा ४ जना पुरुषहरू छन्। त्यस्तै सुन्दरहरैंचा न.पा. मा एक महिलामा संक्रमण पुष्टि भएको छ। पूरा समाचार – पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्

२. कोरोना रिपोर्ट नआउँदै शव हस्तान्तरण, दाहसंस्कारपछि कोरोना पुष्टि

पोखराको फिस्टेल अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । पोखरा–५ मालेपाटनकी ४५ वर्षीया महिलाको शुक्रबार बिहानै आफन्तले दाहसंस्कार गरिसकेका छन् । ती महिलाको कोरोना रिपोर्ट नआउँदै अस्पतालले शव आफन्तलाई बुझाएको खुलेको छ । बिहीबार गैह्रापाटनको फिस्टेल अस्पतालमा भर्ना भएकी थिइन् । बिहीबार नै स्वाब संकलन गरी केन्द्रको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । पूरा समाचार – पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्

३. छात्रालाई बलात्कार गरेको आरोपमा स्कुलका प्रिन्सिपल पक्राउ

आफ्नै विद्यालयको छात्रावासमा बस्ने छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा प्रहरीले एक स्कुलका प्रिन्सिपललाई हिरासतमा लिएर अनुसन्धान थालेको छ । पाँचथरको फिदिम नगरपालिकास्थित निलकण्ठ बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको हाे । कक्षा ७ मा अध्ययनरत विद्यालयकै छात्रावासमा बस्ने चौध वर्षीया छात्राले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि जाहेरीका आधारमा सुब्बालाई पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक प्रवक्ता रोमनराज अर्यालले बताएका छन् । पूरा समाचार – पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्

 ४. आमा दिल्लीमा अलपत्र, बाबुले गरे आत्महत्या- छाेराछाेरीकाे कन्तबिजाेग

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–१० की ३८ वर्षीया दिलमाया नेपाली अहिले भारतको नयाँ दिल्लीमा अलपत्र परिरहेकी छिन्। उनलाई दिल्ली पुर्याउने दलाल पनि बेपत्ता छ भने उनी घर फर्किन खर्च पनि छैन। यता न उता बनिरहेकी दिलमायालाई दलालले दिल्ली पुर्याएको र महामारीले छोरा छोरीको पनि कन्तबिजोग बनेपछि ज्लालादारीमा काम गर्दै श्रीमान् अशोक दर्जीले पनि आत्महत्या गरेका छन् । पूरा समाचार- पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्

५. कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार दिन माग

गृह मन्त्रालयले गत असारमा दर्ता गरेको ‘कारागार विधेयक’ मा कैदीबन्दीलाई प्रजनन अधिकार दिने व्यवस्था छ । उक्त प्रस्तावित विधेयकको दफा २३ मा प्रजनन अधिकार शीर्षकको ‘कारागारमा बन्दीका रुपमा रहेका वैध दम्पतीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिएबमोजिम भेटघाट गर्ने अनुमति दिनुपर्ने’ भन्ने बूँदा उल्लेख छ । प्रतिनिधि सभामा गृह मन्त्रालयले दर्ता गरेको उक्त विधेयकको कार्यान्वयनका लागि कैदीबन्दीलाई प्रजनन अधिकार दिलाउने सरकारी प्रस्तावको अधिकांश सांसदहरुले समर्थन जनाएका छन् । पूरा समाचार – पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्

६. करेन्ट लाग्दा चितवनमा दुई सैनिकको निधन

चितवनमा दुई सैनिकको करेन्ट लागी निधन भएको छ। जिल्लाकाे शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको करेन्ट लागेर मृत्यु भएकाे हो। रुखको हाँगा काट्न चढ्ने क्रममा भर्याङ चिप्लिएर तारमा ठोक्किएपछि भर्याङ समाउने सुवेदार राजुबाबु श्रेष्ठ तथा सैनिक जवान साजन कुमालको मृत्यु भएको चितवन जिल्ला प्रहरी प्रवक्ता सूर्य थापाले बताए । पूरा समाचार- पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्

 

७. पाँच उद्योगका स्यानिटाइजरमा विषाक्त रसायन फेला, बिक्रीमा रोक

पाँच उद्योगले उत्पादन गरेका स्यानिटाइजरमा विषाक्त रसायन फेला परेको छ। राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट यस्तो प्रमाण फेला परेको हो। प्रयोगशालाले ती कम्पनीको उत्पादन स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल भेट्टाएपछि औषधि व्यवस्था विभागले ती उत्पादनको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। पूरा समाचार- पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्

८. दसैंमा नयाँ नोट वितरणमा अन्यौल

बढ्दो कोरोना संक्रमणका कारण यस वर्ष नेपाल राष्ट्र बैंकको नोट वितरण कार्य अन्यौलमा परेको छ । प्रत्येक वर्ष दसैंमा सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने गरेको राष्ट्र बैंकले यस पटक यसको कुनै तयारी सुरु गरेको छैन । संक्रमणको जोखिमका कारण नोट वितरणको निर्णय हुन नसकेको बताउँदै नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवति नेपालले संक्रमण बढ्दै गएमा नोट नबाँड्ने निर्णय हुन सक्ने अनुमान गरेका छन् । पूरा समाचार- पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्

९. संक्रमणले आहत नागरिकलाई महानगरपालिकाको अमूल्य राहत

मोरङको विराटनगरस्थित कोसी अस्पताललाई विराटनगर महानगरपालिकाले आरएनए एक्स्ट्र्याक्सन मेसिन प्रदान गरेको छ। विराटनगरका व्यवसायीहरुले चन्दा संकलन गरी खरिद गरेको सो मेसिन हिजो शुक्रबार महानगरपालिकाले अस्पताललाई प्रदान गरेको हो । मेयर भीम पराजुली र अस्पताल सञ्चालक समितिका अध्यक्ष महेश भट्टराईबीच मेसिन सञ्चालनको सम्झौतासमेत भएको छ । पूरा समाचार- पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्

१०. ८० बर्षदेखि निराहार सन्यासी प्रह्लाद जानीको निधन

भारतका ८० बर्षदेखि निराहार तपस्याारत सन्यासीको शनबिार मृत्यु भएको छ । भारतको गुजरात राज्यको मेहसाणा जिल्लामा रहेका ९० बर्षीय प्रह्लाद जानी नामका एकजना साधुको शनबिार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाबा १० बर्षमै घर छाडी सन्यस्त जीवनयापन गर्दै आएका जानीले विगत ८० बर्षदेखि न जल त न खाना नै खाएका थिए । डिस्कभरी लगायत च्यानलहरुले ती सन्तका बारेमा विस्तृत खोज तथा अनुसन्धान गरेका थिए । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस्

।। शुभ रात्रि ।।