
विराटनगर, भदौ २८
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ घुम्थ्याङमा गएराति गएको पहिरोमा तीन जनाको मृत्यु भएको छ ।
त्यहाँका १८ घर पुरिएका छन् ।
पहिरोका कारण भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
पीडितको उद्धारका लागि नेपाल प्रहरीको टोली घटनास्थलतर्फ लागेको छ ।
यसैबीच, सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य तथा सभामुख अग्निप्रसाद सापकोटा पीडित परिवारलाई भेट्न त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन् ।
जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा केही दिनअघि गएको पहिरोमा ३६ जनाको ज्यान गएको थियो भने दुई जना अझै बेपत्ता रहेका छन् ।।।