पूर्वराजा वीरेन्द्रको विमान नारायणहिटी भित्र्याइयो ( भिडियो सहित )

२८ भाद्र २०७७, आईतवार

नेपालका शाहवंशीय दिवंगत राजा वीरेन्द्र शाहले प्रयोग गर्ने गरेको एभ्रो विमान नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ ।

पूर्वराजाहरूले प्रयोग गरेका विमान नारायणहिटी दरबार संग्रहालयमा राख्ने रक्षा मन्त्रालयको गत वर्षको निर्णय अनुसार नेपाली सेनाले विमानस्थलको अनुमतिपछि हिजो शनिबार विमान संग्रहालयमा पुर्‍याएको विमानस्थल प्रमुख देवेन्द्र केसीले बताए ।
उनका अनुसार विमानलाई गाडीको सहायताले सडकमार्गबाटै संग्रहालय पुर्याइएको थियो ।

[caption id="attachment_3863" align="alignnone" width="1230"] Onlinekhabar[/caption]

पूर्वराजा वीरेन्द्रले विदेश भ्रमणमा प्रयोग गर्ने गरेको यो विमान २०३१ सालमा नेपाल भित्र्याइएको थियो ।पूर्वराजा वीरेन्द्रले प्रयोग गर्ने गरेको हेलिकप्टरसमेत संग्रहालयमै रहेको बताउँदै संग्रहालय प्रमुख भेषनारायण दाहालले संग्रहालयको बदाम चौरमा राखिने यो विमान सर्वसाधारणले समेत अवलोकन गर्न पाउने जानकारी दिए ।

https://youtu.be/iud1dSILVz4