अवैध गाँजा कारोबारी ठूलो परिमाणको गाँजासहित पक्राउ

२८ भाद्र २०७७, आईतवार
सांकेतिक तस्वीर

झापाको दमकमा प्रहरीले हिजो शनिबार एक जनालाई चार किलो २५ ग्राम अवैध लागू औषध गाँजासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको माङ्सेबुङ गाउँपालिका-६ घर भई हाल झापाको दमक नगरपालिका-१ मा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राई रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरीले उनको कोठामा छापा मार्दा सो परिमाणको गाँजा बरामद भएको हो । राईलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।।।