धरानमा १० वर्षीया बालिकाले गरिन् आत्महत्या

२८ भाद्र २०७७, आईतवार
सांकेतिक तस्वीर

सुनसरीको धरानमा एक १० वर्षीया बालिकाले आत्महत्या गरेकि छिन् ।

धरान उपमहानगरपालिका वडा नं १ मा समिर शाहको घरमा विगत २ बर्षदेखि घरेलु कामदारको रुपमा काम गर्दै आएकी कविता उरावले झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

शनिबार बेलुका घरका सबै मानिसहरु बजार गएको र घरमा कोहि नभएको समयमा उनले घरका मुलढोकासहित सबै बन्द गरेर माथिल्लो कोठाको झ्यालको रडमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

https://youtu.be/J6lFzGrmsps