अब दुई हजारमै पिसीआर परीक्षण

२८ भाद्र २०७७, आईतवार

विराटनगर । भदौ २८

नेपाल सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाउने भएको छ । अब सरकारी र निजी सबै ल्याबमा जम्मा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुने बताइएको छ ।

हाल रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएकोमा पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

त्यसैगरी सर्वसाधारणले चार वटा अस्पतालमा पीसीआर जाँच गर्दा पनि फरक फरक रिपोर्ट आएको गुनासो आएकाले स्वास्थ्य मन्त्रालयले छानविन थालेको छ ।