यौन व्यवसाय र लागू औषध कारोबार नियन्त्रण गर्ने नयाँ डीएसपी केसीको प्रतिज्ञा

२८ भाद्र २०७७, आईतवार
तस्वीर- टाकुरा

विराटनगर, भदौ २८

सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालय आएका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) अर्जुन केसीले कानुनसँग सम्झौता नगरी काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको भवनमा आज आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा नयाँ डीएसपी केसीले यस्तो बताएका हुन् ।

इटहरी भित्र रहेका मुख्य चुनौतिका विषयहरू अध्ययन गरी आपराधिक गतिविधिलाई हदैसम्म न्यूनीकरण गर्न आफू कटिबद्ध रहेको पनि उनले बताए ।

इटहरीमा आए लगत्तै आर्थिक लेनदेन तथा वित्तीय अपराधको विषयमा धेरैले गुनासो गरेको र त्यसैको अध्यन र अनुशन्धानमा लागेको पनि डिएसपी केसीले बताए । त्यस्तै पछिल्लो समय इटहरीमा भएका लागु औषध दुर्व्यसनीका घटना तथा यौन व्यवसायका विषयमा पनि सुक्ष्म अनुशनधान गरिरहेको उनले जनाए ।