विराटनगरका नगर प्रहरीमा कोरोना संक्रमण

२८ भाद्र २०७७, आईतवार
फाइल तस्वीर

विराटनगर । भदौ २८

विराटनगर महानगरपालिकाका एक जना नगर प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३५ बर्षका नगर प्रहरी जवानमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक विकास मन्त्रालयका अनुसार नियमित ड्युटीमा खटेका ती जवानमा कोरोना संक्रमण भएकोमा उनी सेल्फ क्वारेन्टीनमा बसिरहेका छन्। उनको स्वास्थ्य सामान्य रहेको छ।

नगरपालिकाका नगर प्रहरीहरू २९ जना रहेका छन्। आइसोलेसन केन्द्र र क्वारेन्टीनमा नरहेका बाहेक अन्य दर्जन बढी प्रहरीहरूको आइतबार नै स्वाब संकलन गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ। महानगरका प्रहरीमा संक्रमण देखिएको यो पहिलो घटना हो।