
विराटनगर । भदौ २८
विराटनगरका एकजना पुरुष कोरोना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगर महानगरपालिका – १२ का ७० वर्षीय
पुरुषको आइतबार मृत्यु भएको हो। संक्रमण पुष्टि भएपछि वृद्धलाई विराटनगरको म्याक्स अस्पतालले धरान पठाएको थियो ।
सामान्य ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएका वृद्धलाई १६ भदौमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे भने १७ भदौमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
उपचाररत उनको आइतबार दिउँसो सवा २ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिएका छन् । योसँगै विराटनगरमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने कूल संक्रमित १ हजार ४ सय ७२ छन्।
https://youtu.be/J6lFzGrmsps