सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्री ओलीको भनाइ

२९ भाद्र २०७७, सोमबार

विराटनगर, भदौ २९

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने नीति लिएको बताएका छन् ।

राष्ट्रिय बाल दिवसका अवसरमा आज सोमबार शुभकामना सन्देश दिँदै उनले सुखी नेपाली,समृद्ध नेपालको राष्ट्रिय अभियानले बालबालिकाको हितमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

बालबालिका देशको भविष्य रहेको बताउँदै उनले सरकार बालबालिकाको हितमा काम गर्न प्रतिबद्ध रहेको प्रष्ट पारे ।।।