भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

२९ भाद्र २०७७, सोमबार

नेपाल-भारत सीमाको दशगजामा भारतीय युवाद्वारा नेपाली युवकमाथि हिजो आइतबार गोली प्रहार भएको छ । गोली प्रहारबाट मोरङको विराटनगर महानगरपालिका-१२, रोडशेष चौक घर भएका २४ वर्षीय बासु भनिने दीपक मण्डल घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

उनका अनुसार मण्डललाई भारत को जोगबनीका अन्दाजी ३०वर्षीय मुकेश यादवले गोली प्रहार गरेका थिए ।

घटनापछि नेपाल आएका मण्डल को प्रहरीले कोसी अस्पतालमा उपचार गराएको थियो । यसअघि गोली प्रहार गर्ने समूहले नै स्थानीय क्लिनिकमा उनको उपचार गराएको थियो ।

भारतीय प्रहरीसँग समन्वय गरी पीडकलाई कारबाही गर्ने प्रयास गरिरहेको बताउँदै उपरीक्षक खड्काले पीडित मण्डलबारे पनि अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानबाट मण्डल लागूऔषध प्रयोगकर्ता रहेको देखिएको बताए ।।।

https://youtu.be/8j5_XNoOthA