सवारी चालकमा काेराेना संक्रमण भएपछि विराटनगरका मेयर सेल्फ क्वारेन्टीनमा

२९ भाद्र २०७७, सोमबार
तस्वीर- पूर्वेली न्यूज

विराटनगर । भदाै २९

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका सवारी चालकलाई कोरोना पुष्टि भएकाे छ । चालकलाइ नै काेराेना देखिएपछि मेयर पराजुली सेल्फ क्वारेन्टीनमा बसेका छन् ।

गत आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई  कोरोना पुष्टि भएपछि महानगरका प्रमुख मेयर पराजुली लगायत अन्य कन्ट्याक ट्रेसिङमा रहेका व्यक्तिहरुको समेत पीसीआर परीक्षण गरिएकोमा पराजुली चढ्ने सवारीका चालक राजेश राईमा सोमबार बिहान कोरोना पृष्टि भएको महानगरपालिकाले जनाएको छ ।

मेयर पराजुलीको पनि स्वाब आईतबार नै संकलन गरिए पनि उनकाे भने रिपोर्ट भने नेगेटिभ आएको छ । प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना देखिएपछि मेयरलगायत अन्य कर्मचारीले पनि परीक्षण गराएका थिए ।

प्रायफ सबैकाे रिपोर्ट नेगेटिभ आएको महानगरले जनाएकाे छ । मेयरका चालकमा संक्रमण भएपछि पराजुली भने महानगरले व्यवस्थापन गरेको जैन भवनको  सेल्फ क्वारेन्टीनमा बसेका छन् ।

त्यस्तै वडा नम्बर १ र २ का वडाध्यक्षमा समेत कोरोना पुष्टि भएपछि अन्य वडा कार्यालयहरुमा पनि पाँच दिनसम्मका लागि महानगरले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।