हाम्राे विराटनगर – टप टेन टुडे समाचार श्रृंखला । भदाै २९ गते

२९ भाद्र २०७७, सोमबार

हाम्राे विराटनगर – टप टेन टुडे श्रृंखलामा आज २०७७-०५-२९ गतेका मुख्य समाचारहरू यस प्रकारका छन्। तपाईंले आज दिन भरीका प्रमुख खबरहरू संक्षिप्तमा पढ्न सक्नुहुनेछ । गत दिवसकाे समाचार हेर्न यहाँ थिच्नुहाेस् । भिडियाेका लागि यहाँ थिच्नुहाेस् ।

१. साेमबार विराटनगरमा १४ जना सहित प्रदेश १ मा ८७ जना संक्रमित थपिए

गत २४ घण्टामा प्रदेश १ भर कूल ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका १ महिला र १३ पुरुष छन्।  मोरङको बूढीगङ्गा नगरपालिकामा ५ महिला ८ पुरुष, कटहरी गाउँपालिकामा २ महिला १३ पुरुष, स्थानीय तह नखुलेका महिला पुरुष १/१ तथा ग्रामथान गाउँपालिकामा २ महिला ५ पुरुष, रतुवामाई नगरपालिकामा ३ पुरुष एवं जहदा गाउँपालिकाका १ पुरुष छन्। पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

२. साथीको बर्थडे मनाएर फर्किएकी १४ वर्षे बालिका बलात्कृत

साथीको जन्म दिन मनाएर फर्किदै गरेकी सुर्खेत पञ्चपुरी नगरपालिका–४ बरैचेकी एक १४ वर्षीया बालिका बाटैमा बलात्कृत भएकी छन् । भदौ २४ गते राति ११ बजे घटना भएको र २५ गते बिहान परिवारले इलाका प्रहरी कार्यालय बाबियाचौरमा जाहेरी दिएको थियो । परिवारको जाहेरीको आधारमा पञ्चपुरी नगरपालिका–८, का १५ वर्षीय हरिष बुढा, १७ वर्षीय प्रकाश राना र १५ वर्षीय धर्म थापालाई पक्राउ गरिएको छ । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

३. अपहरणको नाटक गर्ने महिला हिरासतमा

अपहरणको नाटक गरेको आरोपमा बाँकेको नेपालगञ्जबाट प्रहरीले एक महिलालाई गत शनिबार पक्राउ गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका-४, मैनवा घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-६, फुल्टेक्रामा डेरा गरी बस्ने ३३ वर्षीया आशिककुमारी चौधरीलाई बाँके प्रहरीले डेराबाटै नियन्त्रणमा लिएको हो । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

४. सवारी चालकमा काेराेना संक्रमण भएपछि विराटनगरका मेयर सेल्फ क्वारेन्टीनमा

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका सवारी चालकलाई कोरोना पुष्टि भएकाे छ । चालकलाइ नै काेराेना देखिएपछि मेयर पराजुली सेल्फ क्वारेन्टीनमा बसेका छन् । गत आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई  कोरोना पुष्टि भएपछि महानगरका प्रमुख मेयर पराजुली लगायत अन्य कन्ट्याक ट्रेसिङमा रहेका व्यक्तिहरुको समेत पीसीआर परीक्षण गरिएकोमा पराजुली चढ्ने सवारीका चालक राजेश राईमा सोमबार बिहान कोरोना पृष्टि भएको महानगरपालिकाले जनाएको छ । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

५. भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

नेपाल-भारत सीमाको दशगजामा भारतीय युवाद्वारा नेपाली युवकमाथि हिजो आइतबार गोली प्रहार भएको छ । गोली प्रहारबाट मोरङको विराटनगर महानगरपालिका-१२, रोडशेष चौक घर भएका २४ वर्षीय बासु भनिने दीपक मण्डल घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । उनका अनुसार मण्डललाई भारत को जोगबनीका अन्दाजी ३०वर्षीय मुकेश यादवले गोली प्रहार गरेका थिए । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

६. चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा गरे केसीले १९औं सत्याग्रह सुरु

चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसीको जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु भएको छ । नेपालीहरुको नि:शुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताएका छन् । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

७. जग्गा कित्ताकाट निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जग्गा कित्ताकाट खुलाउने गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिएको छ। अधिवक्ता सन्तोष भण्डारीले सरकारी निर्णय बदर गर्न माग गर्दै दिएको रिटमा सोमबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले असोज ८ गतेसम्म उक्त निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो। पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

८. ३ वटा लघुवित्तहरूले ८ लाख २६ हजार कित्ता सेयर निष्काशन गर्दै

विभिन्न ३ वटा लघुवित्तहरूले ८ लाख २६ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएका छन । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड आईपीओ निष्कासन गर्न लागेका हुन् । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरको प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

९. शान्तिसेनामा हिँडेका सैनिकमा काेराेना, यात्रा स्थगित

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, शान्तिस्थापनार्थ लिविया जान लागेको ११६ जना शान्ति सैनिकमध्ये ३५ भन्दाबढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि आजका लागि तय भएको उडान स्थगन भएको हो । युनाइटेड मिसन गार्ड युनिटका रुपमा रहेको उक्त टोलीमा १७ महिला सैनिकको समेत सहभागिता  छ । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

१०. किम जोङका पाँच आलोचकलाई गोली हानेर मारियाे 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङका पाँच आलोचकलाई गोली हानेर मारिएको छ। गत जुलाई ३० मा उत्तर कोरियाको अर्थमन्त्रालयका पाँच कर्मचारीलाई किमको आदेशमा गोली हानी मारिएको डेलीएनकेले जनाएको छ। जुलाईमा भएको एक डिनर पार्टीमा ती कर्मचारीहरुले किमको अर्थ नीतिको आलोचना गरेको बताइएको छ। सोही विषयमा विवाद हुँदा उनीहरुलाई किमले मृत्यदण्ड दिन आदेश दिएका थिए। पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

।। शुभ रात्री ।।