
भदौ २९ विराटनगर ।
सरकारले आन्तरिक उडान र लामो दूरीका यातायात आगामी असोज ५ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।
सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।