विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिमा काेराेना

२९ भाद्र २०७७, सोमबार
तस्वीर- गिरीकाे फेसबुक वाल

विराटनगर । भदाै २९

विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकूलपतिमा काेराेना भाइरसकाे संक्रमण भएकाे छ । साेमबार प्रतिष्ठानका उपकूलपति प्रा. डा. ज्ञानेन्द्र गिरीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे हाे ।

गिरीले अाफ्ना शुभ चिन्तकहरूलाइ काेराेना संक्रमण भएकाे र स्वास्थ्य सामान्य रहेकाले चिन्ता नलिन अाग्रह गर्दै फेसबुकमार्फत जानकारी गराएका हुन् ।

गिरीले लेखेका छन् –
प्रतिष्ठानले कोरोना विशेष लेभल ३ अस्पताल मार्फत कोरोनाका लागि स्वास्थ्य सेवा प्रदान गरिरहेको र दैनिक आईपर्ने विभिन्न संस्थागत समास्याहरुको समाधान, भावी दिनमा गरिने कार्यहरुको योजना रणनीति निर्माण गर्दै दैनिक कार्यालयकै काममा रहेको बखत भएको यो संक्रमणबाट हतोत्साहित नभई आम जनस्वास्थ्यलाई मध्यनजर गर्दै म हाल आफ्नै निवासमा लक्षणविहीन अवस्थामा आईसोलेसनमा सुरक्षित साथ बसिरहेको छु।

उपकूलपति गिरीले अाफूसँग संपर्कमा अाएकाहरू सजग रहन पनि अाग्रह गरेका छन् । समुदायस्तरमा प्रवेश गरेकाे काेराेनाकाे प्रभाव सुनसरी जिल्लामा देखिन थालेकाे छ । प्रमुख शहर इटहरी र धरानमा दैनिक संक्रमितहरू थपिने क्रम जारी छ । हालसम्म सुनसरीमा मात्रै १२ सय भन्दा बढी संक्रमित छन् ।