अत्याधुनिक एप सार्वजनिक गर्दै सीडीएससी

३० भाद्र २०७७, मंगलवार

विराटनगर, भदौ 30

 

सेयर आवेदनको कठिनाइ सहज बनाउने उद्देश्यले केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले भोलि बुधबार मोबाइल एप सार्वजनिक गर्ने तयारी गरेको छ ।

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद अधिकारीका अनुसार मेरो सेयर र सीडीएससीको वेबसाइटका सबै फिचर उपलब्ध रहने एप प्राथमिक सेयर आवेदन र इडीआइएस पठाउन उपयोगी हुने छ । यो एप कुनै पनि एप स्टोरबाट डाउनलोड गरी एप्पल र एन्ड्रोइड दुवै अपरेटिङ सिस्टममा चलाउन सकिने सीडीएससीले जनाएको छ ।।।