
विराटनगर, भदौ ३०
कारोबार व्यवस्थापन प्रणालीमा आएको प्राविधिक त्रुटिका कारण केन्द्रीय निक्षेप प्रणाली सीडीएससी ले हिजो सोमबार राफसाफ स्थगित गरेको छ । हिजो सम्पन्न गर्नुपर्ने गत भदौ २५ गतेको कारोबारको राफसाफ नेप्सेको आग्रह अनुसार स्थगित गरिएको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि राफसाफ स्थगित गरिएको सीडीएससीले जनाएको छ ।।।