उद्योगपति पवन सारडामा संक्रमण पुष्टि

३० भाद्र २०७७, मंगलवार

विराटनगर, भदौ ३०

मोरङको विराटनगर महानगरपालिका बस्ने उद्योगपति पवन सारडा कोरोना सङ्क्रमित भएका छन् । ज्वरो आएपछि स्वाब परीक्षण गराएका उनको परीक्षणको नतिजा हिजो सोमबार पोजिटिभ देखिएको हो ।

ज्वरो आएपछि होम आइसोलेसनमा रहेका उनले आफूमा कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् । उनले आफूसँग सम्पर्कमा रहेका व्यक्तिबाट संक्रमण भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।।।