
विराटनगर, भदौ ३०
मोरङको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली गते आइतबारदेखि विराटनगरकै मेनरोडस्थित जैन भवनमा क्वारेन्टाइनमा बसेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोख्रेल र आफ्ना सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएपछि जोखिमका कारण क्वारेन्टाइनमा बसेको भन्दै मेयर पराजुलीले आफ्नो पीसीआर परिक्षण गराउने बताएका छन् ।
कोरोना संक्रमणका कारण महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा पाँच दिनका लागि बन्द गरेकाले अधिकांश कर्मचारी होम क्वारेन्टाइनमा रहेका छन् ।।।