देशभर एक सय दुई जना पत्रकारलाई कोरोना संक्रमण

३० भाद्र २०७७, मंगलवार

नेपालमा हालसम्म एक सय दुई जना पत्रकारलाई कोरोना संक्रमण भएको छ ।

देशका सातमध्ये ६ प्रदेशका एक सय दुई जना पत्रकारलाई संक्रमण देखिएको नेपाल पत्रकार महासंघको तथ्यांक छ ।
तथ्यांक अनुसार प्रदेश १ का १७ जना, प्रदेश २ का २८ जना, बाग्मति प्रदेशका २६ जना, गण्डकी प्रदेशका १५ जना,प्रदेश ५ का १२ जना र कर्णाली प्रदेशका चार जना पत्रकार कोरोना सङ्क्रमित भएको महासंघका सचिव प्रकाश थापाले बताए ।

उनका अनुसार प्रदेश २ मा संक्रमित पत्रकारको संख्या सबैभन्दा बढी छ भने सुदुरपश्चिम प्रदेशमा कुनै पनि पत्रकारमा कोरोना संक्रमण छैन ।

संक्रमितमध्ये अधिकांश पत्रकार निको भएको र केहीको उपचार भइरहेको महासंघका महासचिव रमेश विष्टले बताए ।।।