विराटनगर-११ का वडाध्यक्ष न्यौपाने कोरोना संक्रमित

३० भाद्र २०७७, मंगलवार

मोरङको विराटनगर महानगरपालिका-११ का वडाध्यक्ष तीर्थ न्यौपाने कोरोना संक्रमित भएका छन् ।

गत आइतबार संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएकोमा हिजो सोमबार उनको नतिजा पोजिटिभ देखिएको हो ।

संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका उनले आफूमा कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् ।।।