सुपरस्टार खेलाडी नेयमारमाथि सातवटा खेलमा प्रतिबन्ध हुने

३० भाद्र २०७७, मंगलवार
तस्वीर साभार

पेरिस सेन्ट । भदाै ३०

जर्मानका सुपरस्टार खेलाडी नेयमारमाथि सातवटा खेलको प्रतिबन्ध लगाइन सक्ने भएको छ । आइतवार मार्सेविरुद्धको खेलमा नेयमारले अल्भारो गोन्जालेजलाई हिर्काएपछि यो प्रतिबन्धको सम्भावना देखिएको हो ।

गोन्जालेजलाई नेयमारले थप्पड हानेको दृश्य भार क्यामराहरूले खिचेका थिए । पीएसजीकै गृहमैदानमा मार्सेले उसलाई १–० ले हराएको खेलमा अन्त्यतिर खेलाडीहरूबीच व्यापक झगडा भएको थियो र त्यसैक्रममा नेयमारले थप्पड हानेका थिए ।

उक्त खेलमा नेयमार लगायत पाँच खेलाडीलाई रातो कार्ड दिइएको थियो । गोन्जालेजले आफूमाथि जातिवादी गाली गरेकाले थप्पड हानेको नेयमारले बताए ।

‘जातिवाद हेर्नुस् न । त्यसैले उसलाई मैले थप्पड हानें,’ उनले ट्वीट गरे । उसले मलाई बाँदर अनि कुकुर्नीको छोरो भन्यो ।’ तर गोन्जालेजले नेयमारलाई जातिवादी गाली गरेको कुनै प्रमाण फेला परेको छैन ।