वर्ल्डलिंकले २५औं वार्षिकोत्सव आज मनाउँदै

मनाेज पाेख्रेल

३० भाद्र २०७७, मंगलवार

विराटनगर । भदाै ३०

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी तथा देशको तेस्रो ठूलो दूरसञ्चार कम्पनी समेत रहेको वर्ल्डलिंक कम्युनलेकेसनले आज २५ औं वार्षिकोत्सव मनाउँदै छ ।

सन् १९९५ मा ईमेल सेवा मार्फत आफ्नो सेवा सुरु गरेको कम्पनीले हालसम्म देशका ७३ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ भने चारलाख ८ हजार ५ सय घरमा सेवा उपलब्ध गराइसकेको छ । कम्पनीले नेपालमा आयात हुने व्याण्डविथको ४३ प्रतिशत ल्याउने गरेको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत १० हजार ३० स्थानमा पब्लिक वाईफाई विस्तार गरेको छ । अहिलेसम्म २१ लाख प्रयोगकर्ता रहेको कम्पनीले करिब ४ हजार जनालाई रोजगारी प्रदान गरेको छ ।

वर्ल्डलिंक सूचना प्रविधि क्षेत्रको ठूलो करदाता कम्पनी समेत हो । बेलायतको सीडीसी कम्पनीले वर्ल्डलिंकमा लगानी समेत गरेको छ । वर्ल्डलिंक नेपालका आईएसपी मध्ये वैदेशिक लगानी भित्र्याउने एकमात्र कम्पनी पनि हो ।